एनएलजी र प्रभु महालक्ष्मी लाइफको बोनश शेयर सूचीकृत, कसको कति ?
१६ चैत्र २०८२, सोमबार १५:३८

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई बीमा कम्पनीहरुको बोनश शेयर सूचीकृत भएको छ । सोमबार एनएलजी इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचीकृत भएको हो ।
सोमबार एनएलजी इन्स्योरेन्सको ४ प्रतिशत बोनशका दरले हुन आउने १० लाख २६ हजार ०८९ कित्ता र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको पनि ४ प्रतिशत बोनशका दरले हुन आउने २० लाख ४१ हजार ४५९ कित्ता शेयर सूचीकृत भएको छ ।
सूचीकृत कम्पनीहरुको शेयरमूल्य भोलिदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ ।











