संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन

काठमाडौं । सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस निर्णयलाई अनुमोदन गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिँदै भने, ‘संविधान संशोधन बहसपत्र तयार गर्न माननीय प्रधानमन्त्रीज्यूका राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरू रहने गरी कार्यदल गठन गरिनेछ।’
सरकारले गठित कार्यदलको अध्यक्षमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साह रहनेछन्। कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुनेछन्।
त्यसैगरी, मन्त्रिपरिषद् बैठकले चैत १९ गते संघीय संसदको दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्न पनि निर्णय गरेको छ।











