अटेरी विदेशी पुनर्बीमा दलालको कारण निर्देशिका नै संसोधन

काठमाडौं । विदेशी पुनर्बीमा दलालको शाखा कार्यालय स्थापना गर्न अटेर गरेपछि नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० संसोधन गरेको छ ।२०८२ साल साउनमा प्रथम निर्देशिका संसोधन गर्दै पुस मसान्तसम्म शाखा कार्यालय खोल्न निर्देशिन दिएको एक बर्षभन्दा बढी समय बितेसँगै प्राधिकरणले असार मसान्तसम्मको समय थप गरेको हो ।
नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा शाखा कार्यालय स्थापना गर्न निर्देशन दिएको दुई बर्ष बित्न लाग्दा सम्म कार्यालय स्थापना गर्न सकेको नसकेपछि प्राधिकरणले निर्देशिका संसोधन गर्दै असार मसान्तसम्मको समय थप गरेको छ ।
बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम नेपालमा कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमा दलाललाई तीन महिनाभित्र कार्यालय स्थापना गर्न निर्देशन दिएको एक वर्षसम्म पनि कार्यालयस्थापना नगर्दा समेत प्राधिकरण मौन बसिरहेको प्राधिकरणले समय थप गरेर पुस मसान्तसम्मको समय थप गर्दा पनि झण्डै ५० पुनर्बीमा ब्रोकर कम्पनीमध्ये आधा दर्जन कम्पनीले मात्रै नेपालमा शाखा कार्यालय स्थापना गरेको पाइएको छ ।
बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा प्राधिकरणमा सूचीकरण भएका र सूचीकरण नम्बर प्राप्त गरेका पुनर्बीमा दलालले ६ महिनाभित्र नेपालमा संयुक्त लगानीमा कम्पनी, शाखा वा सम्पर्क कार्यालय स्थापना गर्नु पर्नेछ भन्ने व्यवस्था रहेको थियो तर विदेशी दलाल कम्पनीहरु भने अटेर गर्दै बसिरहेका छन् ।
प्राधिकरणले पटक पटक ब्रोकर दलाललाई सीमित अवधि दिएर पत्राचार गरेपनि कम्पनीबाट कुनै प्रतिक्रिया नआएको प्राधिकरण बताउँछ ।प्राधिकरणमा हालसम्म ५० वटा दलाल कम्पनी सूचीकृत भएका छन् । सूचीकृत भएका कम्पनीमध्ये दोस्रो अन्तिम म्याद पुस मसान्तसम्ममा आधा दर्जन कम्पनीले मात्रै चासो देखाएको प्राधिकरणले ऐन संसोधन गर्दै चार महिना थप गरेको छ ।











