जनउत्थान सामुदायिक लघुवित्तद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

१७ चैत्र २०८२, मंगलवार ११:०६

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै ४ वटा पदमा कर्मचारी माग गरेको हो ।

संस्थाले कनिष्ठ अधिकृत पदमा २ जना, वरिष्ठ सहायक पदमा ४ जना, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायकमा केही संख्याले कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि एसएलसी देखि स्नाकोत्तर तहसम्मको शैक्षिक योग्यता आवश्यक रहेको छ ।

इच्छुक उम्मेद्वारहरुले आवश्यक कागजात संकलन गरी संस्थाको आधिकारीक वेबसाइट मार्फत आवेदन दिन सकिने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*