दार्चुलामा अनुगमनमा गएका कर्मचारी सवार जीप दुर्घटना, दुईको घटनास्थलमै मृत्यु

१७ चैत्र २०८२, मंगलवार ११:५१

काठमाडौँ । दार्चुलामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। मंगलबार बिहान शैल्यशिखर नगरपालिका–४ ओसिलको देखाला क्षेत्रमा ओसिलबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ज १६४१ नम्बरको जीप दुर्घटनामा परेको हो।

दुर्घटनामा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दार्चुलामा कार्यरत सब–इन्जिनियर मनिषा पाल र सोही कार्यालयका कर्मचारी भरत तितरोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनीहरू योजना अनुगमनका लागि उक्त क्षेत्रमा गएका थिए।

प्रहरीका अनुसार बिहान करिब ९ बजेतिर भएको उक्त दुर्घटनामा परी शैल्यशिखर नगरपालिका–४ का अकबर महर, गाडीधनी विक्रम महर, चालक प्रकाश ठगुन्ना तथा मालिकार्जुन गाउँपालिका–५ डाडाकोटका मिनबहादुर पाल घाइते भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*