खाद्य प्रविधि विभागका कर्मचारी घुससहित रंगेहात पक्राउ

१७ चैत्र २०८२, मंगलवार १२:०२

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलका प्राविधिक सहायक सन्जय चौधरीलाई अनुगमन तथा निरीक्षण शाखा काठमाडौंको टोलीले ३० हजार रुपैयाँ घुससहित सोमबार रंगेहात पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार चौधरीले उद्योग नवीकरणको प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएका थिए। आयोगको टोलीले उनलाई विभागकै परिसरबाटै नियन्त्रणमा लिएको हो।

पक्राउ परेका कर्मचारीविरुद्ध थप अनुसन्धान जारी रहेको बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*