इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीद्वारा ग्राहकको रकम हिनामिना, सुनिता बानियाँ पक्राउ
१७ चैत्र २०८२, मंगलवार १२:५२

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको गाईघाट शाखामा कार्यरत एक कर्मचारीलाई ग्राहकको खाताबाट पैसा हिनामिनाको आरोपमा पक्राउ गरिएको छ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५ की सुनिता बानियाँलाई बैंककै उजुरीको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा बानियाँले ग्राहकहरूको खातामा रहेको रकम दुरुपयोग गरेको देखिएको छ।
बैंकले आन्तरिक छानबिनपछि रकम हिनामिना भएको पुष्टि गरेपछि प्रहरीमा खबर गरेको थियो। हाल उनी प्रहरी हिरासतमा छन् र उनीमाथि बैंकिङ कसुर तथा ठगीसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।











