सामसङ नेपालको नयाँ वर्ष अफरः ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अभियान सार्वजनिक

काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा सामसङ नेपालले “स्मार्ट घर, स्मार्ट सुरुवात” नामक विशेष अफर सार्वजनिक गरेको छ। यो योजना अप्रिल १ देखि मे १४ सम्म लागू हुनेछ। यस अभियानमार्फत ग्राहकहरूले नयाँ टिभी र घरायसी उपकरणहरूमा आकर्षक छुट, उपहार तथा किस्ता सुविधा प्राप्त गर्न सक्नेछन्।
यस अफर अन्तर्गत टिभीमा अधिकतम २५ प्रतिशतसम्म, वासिङ मेसिनमा २३ प्रतिशतसम्म र फ्रिजमा १७ प्रतिशतसम्म छुट दिइएको छ। घरका आवश्यक उपकरणहरू नयाँ वर्षमै अपग्रेड गर्न चाहने परिवारका लागि यो योजना निकै उपयोगी हुने अपेक्षा गरिएको छ।

टिभी खरिद गर्दा ग्राहकहरूले १२ महिनासम्मको नेटटिभी प्याकेज निःशुल्क पाउनेछन् भने केही मोडेलमा ६ महिनाको सुविधा पनि उपलब्ध गराइएको छ। त्यस्तै वासिङ मेसिन किन्दा ६ केजी सर्फ एक्सेल म्याटिक निःशुल्क उपहार प्रदान गरिनेछ।
यस अभियानलाई अझ सहज बनाउन २४ महिनासम्मको किस्ता (ईएमआई) योजना पनि ल्याइएको छ। ५० हजार रुपैयाँभन्दा माथिका उपकरण खरिद गर्दा ४० प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी रकम किस्तामा तिर्न सकिनेछ। १२ महिनाको योजनामा शून्य प्रतिशत ब्याजदर रहनेछ भने २४ महिनाको योजनामा ७.९९ प्रतिशत अतिरिक्त ब्याज लाग्नेछ।
यो किस्ता सुविधा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड मार्फत सञ्चालन गरिनेछ। साथै ग्राहकहरूले आफ्ना पुराना उपकरणहरू साटेर नयाँ लिन सक्ने एक्सचेन्ज सुविधा अर्काेस्टोर तथा देशभरका अधिकृत स्टोरहरूमा पाइने सामसङले जानकारी दिएको छ।












