६ कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता भए आज मालामाल

१७ चैत्र २०८२, मंगलवार १५:२०

काठमाडौँ । शेयर बजारमा आज दोहोरो अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.७० अकंले बढेर २८५१.०९ बिन्दुमा कायम भएको हो ।

आज ३३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ११ करोड २४ लाख रुपैयाँको कारोबार भएको हो । बजार बढेसँगै अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ ।

यसदिन ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज रिलायन्स मिल्स, भुजुङ हाइड्रो, सुपर खुदी, रिज लाइन, होटल फरेस्ट र सूर्यकुण्ड हाइड्रोको शेयरमा सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*