काठमाडौंका यातायात कार्यालयमा बिचौलिया पक्राउ, लाखौं नगद र बिलबुक बरामद

१७ चैत्र २०८२, मंगलवार १७:०८

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंका विभिन्न यातायात कार्यालय परिसरबाट १६ जना बिचौलियालाई पक्राउ गरेको छ। सेवाग्राहीहरूको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने नाममा अनावश्यक हैरानी दिने र सेवा प्रवाहमा अवरोध पुर्‍याउने गरेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट १ लाख २२ हजार रुपैयाँ नगद र ५३ थान बिलबुक बरामद गरिएको छ।

प्रहरी वृत्त स्वयम्भू ले सानोभर्‍याङस्थित यातायात कार्यालय परिसरबाट आठ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछाप उमाकुण्ड गाउँपालिका–४ का ३९ वर्षीय विज्ञान राई, तारकेश्वर–९ काठमाडौंका ३१ वर्षीय संजय राजवाहक, नागार्जुन–१ रानिवनका ३६ वर्षीय विमल तामाङ, रामेछाप खाँडादेवी–७ का ३५ वर्षीय रमेश कार्की, कैलाली टिकापुर–९ का ६० वर्षीय सुमनप्रसाद श्रेष्ठ, नुवाकोट बेलकोटगढी–१२ का ३९ वर्षीय उद्धव खनाल र धादिङ निलकण्ठ–५ की ३६ वर्षीया कल्पना लम्साल रहेका छन्।

त्यस्तै प्रहरी वृत्त थानकोट ले गुर्जुधारास्थित यातायात कार्यालय परिसरबाट अन्य आठ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ कुलेश्वरका २५ वर्षीय पासाङ तामाङ, काभ्रे तेमाल–८ का ३० वर्षीय शुनिल लामा, चन्द्रागिरी–६ का २३ वर्षीय सुदीप मगर, धादिङ थाक्रे–४ का २० वर्षीय बुद्ध तामाङ, मकवानपुर थाहा–९ का २६ वर्षीय सुमेश नेपाली, धादिङ थाक्रे–४ का २४ वर्षीय अमन तामाङ, बझाङ तलकोट–४ का १८ वर्षीय उज्वल सिंह र मोरङ केराबारी–५ का २६ वर्षीय दिलिप राई रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*