राष्ट्रिय प्रसारण ग्रिड सचिवमा नक्कली प्रमाणपत्रसहित नियुक्ति, पोख्रेलविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर

१७ चैत्र २०८२, मंगलवार १७:३०

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको कम्पनी सचिव पदमा नक्कली शैक्षिक तथा अनुभव प्रमाणपत्र पेश गरी नियुक्ति पाएका राजेश पोख्रेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार, कम्पनी सचिवको पदका लागि कानुन विषयमा स्नातक गरेको हुनु पर्ने भए पनि पोख्रेलको योग्यता MBS रहेको थियो। उनले गर्जाङ उपत्यका हाईड्रो पावर लिमिटेडमा कार्य गरेको प्रमाण देखाएर अनुभव प्रमाणपत्र पेश गरेका थिए, तर सो कम्पनीले उनले त्यहाँ कार्य नगरेको पुष्टि गरेको छ।

उक्त झुटा विवरण र जाली कागजातको आधारमा पोख्रेलले कम्पनी सचिव पदमा सेवा गर्दै  १ करोड ७ लाख १ हजार बराबरको लाभ सुविधा लिएको आयोगले जनाएको छ।

यसरी सार्वजनिक निकायको जिम्मेवार पद ओहदा प्राप्त गरेको कार्य भ्रष्टाचार ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कसुर भएको ठहर गर्दै आयोगले काठमाडौंको विशेष अदालतमा कैद र जरिवानासहित कारबाही माग गर्दै आरोपपत्र दायर गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*