५२ बीमा अभिकर्ताहरु प्राधिकरणको कारवाहीमा

१८ चैत्र २०८२, बुधबार ०९:५६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ५२ जना जीवन बीमा अभिकर्ताको परिक्षा रद्व गरेको छ ।

प्राधिकरणका अनुसार अभिकर्ता परिक्षामा सहभागी परिक्षार्थीहरुले आइआरएमआईएस प्रणालीमा प्रविष्ट गरिएको फोटोमा भएको व्यक्ति परिक्षामा सहभागी भई परिक्षामा दिँदै गरेको भेटिएको र सो सम्बन्धी परिक्षार्थीलाई सपष्टिकरण सोध्दा चित्त बुझदो जवाफ नभेटिएको भन्दै कारवाही अघि बढाएको हो ।

प्राधिकरणले बीमा मध्यस्तकर्ता (अभिकर्ता) परिक्षा संचालन सम्बन्धी निर्देशिका, २०७९ को दफा ८ को उपदफा(५) बमोजिथम परिक्षा रद्य गरी उपदफा(६) बमोजिम तीन महिनासम्म परिक्षामा सामेल हुन नपाउने गरी कारवाही गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*