डिप्रोक्स लघुवित्तको ३० हजार कित्ता शेयर बिक्री गरेर बाहिरिंदै महिला आदर्श सेवा केन्द्र

१८ चैत्र २०८२, बुधबार १०:३४

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी महिला आदर्श सेवा केन्द्रको नाममा रहेको ३० हजार कित्ता शेयर बिक्री

उक्त शेयर खरिद गर्न चाहाने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी ३५ दिनभित्र संस्थाको कर्पोरेट कार्यालय सितापाईला, काठमाण्डौमा आवेदन दिन सक्नेछन् ।

तोकिएको अवधिभित्र उक्त शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार अन्य जो कोही व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*