मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरूको सूची सार्वजनिक

१८ चैत्र २०८२, बुधबार १३:५७

काठमाडौं । नेप्सेले मार्जिन कारोबार का लागि योग्य सूचीकृत कम्पनीहरूको नयाँ सूची सार्वजनिक गरेको छ। नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२ को परिच्छेद ३ को दफा ९८०१ बमोजिम १२३ कम्पनीहरूलाई कारोबारका लागि योग्य ठहर गरेको हो।

सूचीमा वाणिज्य बैंक र विकास बैंकहरू रहेका छन्। त्यस्तै, फाइनान्स, लघुवित्त, बीमा, जलविद्युत र अन्य समूहका कम्पनीहरू पनि मार्जिन कारोबारका लागि योग्य देखिएका छन्।

मार्जिन कारोबारका लागि योग्य कम्पनीहरूको सूचीमा कृषि विकास बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक लगायतका वाणिज्य बैंकहरू समावेश छन्। विकास बैंकतर्फ मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक लगायतका कम्पनीहरू रहेका छन्।

नेप्सेले सार्वजनिक गरेको सूचीमा ४६ वटा लघुवित्त र फाइनान्स कम्पनीहरू रहेका छन्। यस्तै, जीवन बीमा र निर्जीवन बीमा समूहका २२ कम्पनी र जलविद्युत . समूहका २८ कम्पनीहरू पनि सूचीमा अटाएका छन्। होटल र अन्य समूहका कम्पनीहरू पनि मार्जिन कारोबारका लागि योग्य भएका छन्।

नेप्सेले २०८२ चैत १७ गते यो सूचना सार्वजनिक गरेको हो। कार्यविधिको दफा ९ ९१० मा रहेको व्यवस्था बमोजिम लगानीकर्ताहरूको जानकारीका लागि यो सूची सार्वजनिक गरिएको नेप्सेले जनाएको छ।

639106435387106613

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*