सूर्योदय वोमी लघुवित्तको सिईओ पंगेनीको कार्यकाल सकियो

१८ चैत्र २०८२, बुधबार १५:४०

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोक्ष पसाद पंगेनीको कार्यकाल सकिएको छ । कम्पनीले चैत १८ गते बुधवारदेखि कम्पनीका सीईओ पंगेनीको पदावधि सकिएको जानकारी दिएको हो ।

चैत १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि नायब प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको छ ।

चैत १९ गतेदेखि लागू हुने गरी आचार्यलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*