यूनाइटेड अजोड इन्स्योरेन्सले सञ्चालन गर्दै अभिकर्ता तालिम, परीक्षा चैत २७ गते

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै न्यूनतम एसएलसी वा सो सरह परीक्षा उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरुलाई तालिममा सहभागि हुन आव्हान गरेको हो ।
तालिममा सहभागी हुन चाहनेहरूले आफ्नो नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र (नोटरी सहित), स्थायी लेखा नम्बरको प्रतिलिपि र पासपोर्ट साइजको फोटो चार प्रति २०८२ सालको फागुन २२ गते भित्र कम्पनीको इमेल [email protected] मा पठाउनुपर्नेछ।
बीमा अभिकर्ता इजाजत पत्र प्राप्त गर्न आवश्यक शुल्क र दुई हजार ५०० रुपैयाँ कम्पनीको ग्लोबल आइएमई बैंक कमलादी काठमाडौंको खाता नं. 07501010000033 मा जम्मा गरी भौचर जानकारी गराउनुपर्नेछ।
बीमा ऐन, २०७९ को दफा ९२ को उपदफा (२) अनुसार बीमा अभिकर्ताले इजाजत पत्र प्राप्त गर्न परीक्षा उत्तीर्ण गर्न अनिवार्य छ। सो सम्बन्धमा तालिममा सहभागी तथा अभिकर्ता इजाजत पत्र लिन बाँकी रहेका व्यक्तिहरूले आयोजित अनलाइन परीक्षामा Zoom मार्फत उपस्थित भएर परीक्षा दिनुपर्नेछ।
तालिम चैत २५ देखि २७ गतेसम्म बिहान १०:०० देखि साँझ ५:०० बजे सम्म सञ्चालन हुनेछ। परीक्षा चैत २७ गते शुक्रबार बेलुका ५:०० देखि ६:३० बजे सम्म सञ्चालन हुनेछ।












