सुनसरीमा सेवाग्राहीलाई छिटो कामको बहानामा बिचौलिया पक्राउ, १७ जना नियन्त्रणमा

१८ चैत्र २०८२, बुधबार १८:४८

काठमाडौँ । सुनसरीका मालपोत र यातायात कार्यालय परिसरमा सेवाग्राहीलाई काम छिटोछरितो गरिदिने बहानामा बिचौलियाको काम गरिरहेका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार, मालपोत कार्यालय परिसरबाट १३ जना र इटहरी उपमहानगरपालिका-१० स्थित कोशी प्रदेश यातायात व्यवस्था कार्यालय परिसरबाट चार जनालाई नियन्त्रणमा लिइएको हो। उनीहरू सेवाग्राहीसँग रकम लिने वा छिटो काम गरिदिने बहानामा सक्रिय थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*