बालेन सरकारको नयाँ निर्णयः भोलिदेखि मालपोत र नापीमा लेखापढी व्यवसायी प्रवेश निषेध

१८ चैत्र २०८२, बुधबार २२:०८

काठमाडौं । भूमि व्यवस्था मन्त्रालयले देशैभरका मालपोत र नापी कार्यालयहरुमा भोलिबाट लेखापढी व्यवसायीहरुलाई प्रवेश निशेष गर्ने व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न मातहतका निकायलाई लिखित निर्देशन दिएको छ ।

भूमि व्यवस्था विभागले आज जारी गरेको सर्कुलरमा सबै मालपोत कार्यालयहरुलाई बिचौलिया, दलाललाई प्रवेश निषेध गर्न निर्देशन दिइएको छ ।
मन्त्रालयको निर्देशन बमोजिम विभागले जारी गरेको निर्देशनमा मालपोत कार्यालय, नापी कार्यालयमा अनाधिकृत रुपमा व्यक्तिहरु प्रवेश गरेर भिडभाड भएको अवस्थामा कार्यालय प्रमुख जिम्मेवारी हुने चेतावनी दिइएको छ ।

उक्त निर्देशन अनुसार भोलिबाट सबै मालपोत कार्यालयमा लेखापढी व्यवसायीहरुलाई प्रवेश निषेध गरिएको छ । अबदेखि सेवाग्राही आफैले जग्गा रजिष्ट्रेशन सम्बन्धी काम गर्नुपर्नेछ ।
गृहमन्त्रालयले मालपोतमा सादा पोशाकमा प्रहरी परिचालन गर्ने र अबैध तथा अनाधिकृत रुपमा व्यक्तिहरु प्रवेश गर्ने वित्तिकै पक्राउ गर्ने तयारी गरिरहेको छ । मालपोत कार्यालयमा बिचौलिया प्रवेश गरेर सेवाग्राहीसँग काम गराईदिन्छु, छिटो छरितो गराईदिन्छु भन्दै घुस माग्ने चलन व्यापक रुपमा चलिरहेको छ । सरकारलाई त्यसलाई रोक्ने निर्णय गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*