आज हनुमान जयन्ती मनाइँदै

१९ चैत्र २०८२, बिहीबार ०८:४३

काठमाडौं । आज देशभर श्रद्धा, भक्ति र धार्मिक आस्थाका साथ हनुमान जयन्ती मनाइँदै छ। हिन्दू धर्मावलम्बीहरूले भगवान् रामका परम भक्त, शक्तिका प्रतीक तथा संकटमोचनका रूपमा पूजिने हनुमानको जन्मोत्सव विशेष पूजा–आराधना, भजन–कीर्तन र धार्मिक अनुष्ठान गरी मनाउने गरिन्छ।

हनुमान जयन्तीका अवसरमा राजधानी काठमाडौंस्थित हनुमानढोका दरबार, विभिन्न हनुमान मन्दिर तथा देशभरका धार्मिक स्थलहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। आजको दिन हनुमानलाई सिन्दूर, तेल, फूलमाला, लड्डु र प्रसाद चढाई पूजा गर्ने परम्परा चलिआएको छ।

सनातन परम्पराअनुसार हनुमान जयन्तीलाई साहस, निष्ठा, सेवा, शक्ति र भक्तिको प्रतीकका रूपमा लिइने गरिन्छ। यस दिन विशेष रूपमा हनुमान चालीसा, सुन्दरकाण्ड तथा रामभक्ती सम्बन्धी पाठ–पारायण गर्ने चलन छ। धार्मिक विश्वासअनुसार हनुमानको आराधनाले भय, बाधा, अशुभ प्रभाव र मानसिक अशान्ति हट्ने जनविश्वास रहँदै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*