नेपाल इन्स्योरेन्सको सञ्चालकमा नेपाल बैंकका डीसीईओ खड्का नियुक्त

१९ चैत्र २०८२, बिहीबार ०९:२०

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको रिक्त सञ्चालक पदमा नेपाल बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) होम बहादुर खड्का नियुक्त भएका छन्।

कम्पनीको चैत १८ गते अपरान्ह ५ः१५ बजे बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा संस्थापक शेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक विश्वराज बरालको ठाउँमा बैंकका डीसीईओ बराललाई नियुक्त गर्ने निर्णय गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*