व्यवसायी दीपक भट्ट पक्राउ

१९ चैत्र २०८२, बिहीबार १४:४६

काठमाडौँ । व्यवसायी दीपक भट्टलाई पक्राउ परेका छन् । सिआईबिले बिहिबार भट्टलाई नियन्त्रणमा लिएको हो ।

भट्टमाथी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । भट्टको राहदानी कालोसूचीमा राख्न सोमवार सम्पत्ति शुद्धीकरणले अध्यागमनलाई पत्र पठाएको थियो । सो पत्रका आधारमा भट्टको राहदानी कालोसूचीमा राखिएको थियो ।

भट्ट माथि विभिन्न ठूला ठेक्का र खरिदमा चलखेल गर्ने गरेको आरोप छ । उनी राजनीतिक पहुँचको आडमा राज्यका विभिन्न निकायमा नियुक्ती तथा ठेक्काको सेटिङ मिलाउँदै स्वार्थअनुरुपका काम गर्ने र गराउने गरेको पनि आरोप लाग्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*