६ कम्पनीको शेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
१९ चैत्र २०८२, बिहीबार १५:१९

काठमाडौँ । शेयर बजारमा झिनो सुधार आएको छ । बुधबार भारी गिरावट आएको बजारमा आज सामान्य सुधार देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८२ अकंले बढेर २७८२ं१८ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको २ करोड १३ लाख १८ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८१ करोडको कारोबार भएको हो ।
आज ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यसदिन रिलायन्स मिल्स, रिज लाइन, सूर्यकुण्ड हाइड्रो, भुजुङ हाइड्रोपावर, सुपर खुदी र होटल फरेस्टको शेयरमा सर्किट लागेको हो ।












