८ महिनामा बैंक तथा वित्तीय संस्थाका ६१ शाखा कार्यालय बन्द

१९ चैत्र २०८२, बिहीबार १७:५२

काठमाडौँ । ८ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाका ६१ शाखा कार्यालय बन्द भएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा सङ्ख्या ११ हजार ५२६ रहेकोमा फागुन मसान्तसम्ममा घटेर ११ हजार ४६५ मा सीमित भएको हो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु कार्यालय खर्च कम गर्ने शाखा मर्ज तथा बन्द गर्ने कार्य गर्दै आइरहेका छन् । २०८२ फागुन मसान्तमा यस बैंकबाट २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी जम्मा १०६ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*