अर्थमन्त्री वाग्ले र बीमा प्राधिकरणका अध्यक्ष पौडेलबीच भेटवार्ता
१९ चैत्र २०८२, बिहीबार १८:१३

काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्ले र बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलबीच भेटवार्ता भएको छ।
अर्थमन्त्री स्वर्णीम वाग्ले र प्राधिकरणका अध्यक्ष पौडेलबीच समयसमायिक बिषयमा छलफल भएको थियो । समय अवधिको छोटो भएको कारण बीमा क्षेत्रको विस्तृत बिषयमा छलफल हुन नसकेपनि सामान्य बीमा सँग सम्बन्धीत संवाद भने भएको छ।
भेटमा बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीको पनि उपस्थिती रहेको थियो ।
पछिल्लो समय अर्थमन्त्री स्वर्णीम वाग्लेले अर्थ क्षेत्रसँग सम्बन्धित नियामक निकायहरुसँग निरन्तर छलफल र संवादमा रहेका छन् ।











