जीवन विकास लघुवित्तमा रहेको शेयर बेचेर बाहिरिदै २ संस्थापक शेयरधनी
२० चैत्र २०८२, शुक्रबार ०७:२५

काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको हो । कम्पनीका संस्थापक शेयरधनी बिसनदेव मण्डल गन्गाईको ८ हजार र निरज पोख्रेलको १२ हजार ४०० कित्ता गरी २० हजार ४०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
कम्पनीले ३५ दिन सूचना प्रकाशित गर्दै विद्यामान संस्थापक शेयरधनीहरुलाई बिक्री खुला गरेपनि सो अवधि भित्र कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणका लागि खुला गरीएको हो ।
शेयर खरिद गर्ने चाहने जो कोहि पनि आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत २०गते) ले १५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय कटहरी २ मोरङमा आवेदन दिन सकिनेछ ।











