गोर्खाज फाइनान्सको संस्थापक शेयर बिक्रीमा, कसरी दिने आवेदन ?
२० चैत्र २०८२, शुक्रबार ०७:५२

काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५ हजार कित्ता बिक्री खुला गरेको हो ।
कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत २० गते) ले १५ दिन भित्र काठमाडौँ डिल्लीबजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
तोकिएको अवधि भित्र उक्त शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।











