निर्धन उत्थान लघुबित्त जोगबुडा शाखाद्वारा बीमा क्षतिपुर्ति रकम बितरण

२० चैत्र २०८२, शुक्रबार ०९:०२

काठमाडौँ । निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड शाखा कार्यालय जोगबुडाले आज एक कार्यक्रमका बिच सदस्यलाई बीमा क्षतिपुर्ति रकम प्रदान गरेको छ । परशुराम नगरपालिका वडा नं १२ पुन्तुरामा संचालन रहेको पुन्तुरा महिला समुहकी सदस्य सुमन वडैलाका श्रीमान मान वहादुर जागरीको सडक दुर्घटनामामृत्यु भए पश्चात सस्थाद्वारा प्रदान गरिने बीमा क्षतिपूर्ती रकम प्रदान गरिएको हो

शाखा कार्यालय जोगबुडाका शाखा प्रमुख जिबुप्रकाश सुबेदीले मृतककी श्रीमती सुमन वडैलालाइ उक्त कार्यक्रमका बिच क्षतिपुर्ति बापतको रकम ४ लाख ६० हजार रुपैया चेकमार्फत् प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै सुबेदीले सस्थाले ७७ जिल्लामै कार्यक्रम सन्चालन गरि सुख दःुखको साथी निर्धन लघुबित्त रहेको बताएका थिए । संस्थाले कर्जा बचत मात्रै नभई सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि उल्लेख्य भुमिका निर्बाह गर्दै आयको उनले जानकारी दिए ।

२०६७ साल देखी परशुराम र आलिताल लाई आफ्नो कार्यक्षेत्र बनाइ कार्य गरेको जोगबुडा शाखाले बिगतमा जोगबुडा क्षेत्रमा अन्य बैंक बित्तिय सस्थाको पहुंच नहुंदा समेत राज्यबाट प्रदान गरिने सामाजिक सुरक्षा र रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आयको जानकारी दिए । उक्त कार्यक्रममा केन्द्रका सदस्यहरु, स्थानिय बुद्दिजिबी र अभिभावक गरि करिब १८ जनाको उपस्थिति रहेको उक्त कार्यक्रम शाखाका लेखापाल धिरेन्द्र बहादुर खत्रीले संचालन गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*