फेसबुकमा नक्कली खाता खोली ९० लाख ठगी, ५० वर्षीया महिला पक्राउ

२० चैत्र २०८२, शुक्रबार ०९:२३

काठमाडौं । फेसबुकमा नक्कली खाता खोली च्याटमा कुराकानी गरी ९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्ने व्यक्ति लमजुङ दुधपोखरी गाउँपालिका–६ घर भएकी ५० वर्षीया वनकुमारी गुरुङ हुन्।

गुरुङले फेसबुकमा नक्कली खाता खोली पीडितसँग च्याटमा कुराकानी गरेकी थिइन्। आकर्षक तलब र सुविधा दिई जापान पठाइदिने भनी चार जनालाई व्यक्तिगत कागजातसमेत पठाउन लगाएकी र विभिन्न बैंक खातामा पटक–पटक गरी जम्मा गर्न लगाएर कुल ९० लाख रुपैयाँ ठगी गरेकी थिइन्।

उक्त व्यक्तिलाई बुधबार पक्राउ गरी बिहीबार ठगीसम्बन्धी आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*