क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरको राजीनामा स्वीकृत
२० चैत्र २०८२, शुक्रबार १०:०७

काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरले दिएको राजीनामा स्वीकृत भएको छ । चैत ६ गते संचालक समितिको सदस्य तथा अध्यक्ष पदबाट दिएको राजिनामा कम्पनीले स्वीकृत गरेको हो ।
कम्पनीले मोरले गरेको योगदानको उच्च मूल्यांकन गर्दै कदर गरेको जनाएको छ। संचालक समितिको चैत १९ गते दिउँसो बसेको ४४ औं बैठकले कम्पनी ऐन, २०६३ को दफा ८९ को उपदफा ३ (ग) अनुसार उक्त राजिनामा स्वीकृत गरेको हो।











