पोलिसी हेरफेर गर्ने आधा दर्जनभन्दा बढी कम्पनीमाथि प्राधिकरणले कारवाही गर्दै

२० चैत्र २०८२, शुक्रबार १४:१२

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आधा दर्जनभन्दा बढी निर्जिवन बीमा कम्पनीहरुलाई निगरानीमा राखेर अनुसन्धान गर्दा कैफियत फेला पारेको छ । बीमा पोलिसीभन्दा फरक र हेरफेर गरेका बीमा कम्पनीमाथि प्राधिकरणले कारवाही अघि बढाउने तयारी गरेको हो ।

बीमा ऐन अन्तर्गत बीमा पोलिसीभन्दा फरक रेटमा बीमा गरेको आरोपमा बीमा प्राधिकरणले आधा दर्जनभन्दा बढी निर्जिवन बीमा कम्पनीहरुलाई कारवाही गर्ने तयारी गरेको हो ।

नेको इन्स्योरेन्स, सानिमा जिआईसी, सिद्धार्थ प्रिमियम इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, हिमालयन एभरेष्ट र प्रभु इन्स्योरेन्स कम्पनीलाई प्राधिकरणले सपष्टिकरण सोधिसकेको र जवाफ चित्त बुझदो नआएको खण्डमा कारवाही अघि बढाउने तयारी गरिएको जनाएको छ । यी बाहेकका कम्पनीहरुमा पनि फरक रेट देखिएको कारण ती कम्पनीहरुमाथि पनि निगरानी राखिएको प्राधिकरणको स्रोतले जनाएको छ ।

One thought on “पोलिसी हेरफेर गर्ने आधा दर्जनभन्दा बढी कम्पनीमाथि प्राधिकरणले कारवाही गर्दै

  1. saru gurung says:

    अरुले पनि गरेको छ सबै कम्पनी लाई गर न किन अरु ले पैसा दिएको होला हैन पहिला बिमा प्राधिकरण को मान्छे लाई कार्बाही गर्नुस अर्थ मन्त्री ज्यु मैले कति पोलिसी रेट को कारण ले गुमाएको कुरा अर्थ मन्त्री सङ भन्नू छ अनि त्यहाको कर्मचारी लाई अलि तह लगाउनुस र पहिलो माग त्यही को कर्मचारी ले राम्रो सङ काम र सेवा दिएको छ कि छैन त्यो पनि सोधपुछ गरिदिनु स सुदन गुरुङ र अर्थ मन्त्री लाई मेरो आग्रह छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*