शिखर इन्स्योरेन्सले अभिकर्ता तालीम सञ्चालन गर्ने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चार दिने निर्जीवन बीमा अभिकर्ताको तालीम सञ्चालन गर्ने भएको छ। कम्पनीले चैत २७ गतेदेखि ३० गतेसम्म तालीम सञ्चालन गर्ने भएको हो।
कम्पनीले निर्जीवन बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति र संस्थाहरूका लागि लक्षित गरी तालीम सञ्चालन गर्न लागिएको जनाएको छ। तालीममा भाग लिन इच्छुकले निवेदन सहित नेपाली नागरिकता र प्यान कार्डको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, मान्यता प्राप्त संस्था वा बोर्डबाट दश जोड दुई वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको कागजात पेश गर्नु पर्नेछ।
संस्थाको हकमा भने संस्थाले माथि उल्लेख भए बमोजिम योग्यता पूरा भएको सञ्चालक, कार्यकारी प्रमुख वा कुनै एकजना उच्च व्यवस्थापकको नाम तालीमका लागि सिफारिस गर्नु पर्नेछ। तालीम काठमाडौंमा सञ्चालन गरिनेछ भने चैत २५ गतेभित्र इमेल ठेगाना मार्फत निवेदन दिइसक्नु पर्नेछ।












