सभामुखमा रास्वपाका डीपी अर्याल निर्विरोध निर्वाचित

२० चैत्र २०८२, शुक्रबार १५:०८

काठमाडौं । सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उसपभापति एवं प्रतिनिधि सभा सदस्य डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित भएका छन्। सभामुखका लागि मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म अर्यालको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

नेपालको संविधान अनुसार सभामुख र उपसभामुख फरक फरक दल र लिंगको हुनु पर्ने भएकोले रास्वपाका डीपी अर्याल सभामुख निर्वाचित भएसँगै अब उपसभामुखमा विपक्षी दलको तर्फबाट कुनै महिलालाई निर्वाचित गर्नु पर्नेछ। यद्यपि प्रतिनिधि सभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा भने उपसभामुख पनि रास्वपाकै हुन सक्नेछ तर यो सम्भावना लगभग शून्य छ।

प्रतिनिधिसभामा रास्वपा एक्लैको १८२ सीट, नेपाली कांग्रेसको ३८ सीट, नेकपा एमालेको २५ सीट, नेपाली कम्युनिष्ट पार्टीको १७ सीट, श्रम संस्कृति पार्टीको ७ सीट र राष्ट्रिय प्रजातन्त्र पार्टीको ५ सीट रहेको छ। रास्वपाको झण्डै दुईतिहाई सीट भएकोले रास्वपाको समर्थन पाउने महिला सजिलै उपसभामुख निर्वाचित हुने निश्चित छ। यस्तोमा अब रास्वपाले उपसभामुखका लागि कसलाई समर्थन गर्ला भनी चासोका साथ हेरिएको छ। एमालेले सभामुखमा गुरु बराललाई उठाउने कुरा भए पनि अन्तिम समयसम्म उम्मेदवारी परेन। उपसभामुखमा भने प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी आकांक्षी रहेको छ। यसका लागि प्रचण्डले रास्वपाको साथ खोजिरहेको बुझिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*