यो साता नेप्सेमा ७ करोड ७५ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । यो साता अर्थात् आइतबारदेखि आज शुक्रबारसम्म ७ करोड ७५ लाख ४७ हजार ४३.९ कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ।
गत आइतबार नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर बापत ५ करोड कित्ता शेयर र गत सोमबार प्रभु महालक्ष्मी लाइफको ४ प्रतिशत बोनस शेयर बापत २० लाख ४१ हजार ४५९.२ कित्ता शेयर, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५ लाख ६४ हजार ९०० कित्ता शेयर, एनएलजी इन्स्योरेन्सको ४ प्रतिशत बोनस शेयर बापत १० लाख २६ हजार ८९.७८ कित्ता शेयर र युनिभर्सल पावर कम्पनीको ९ प्रतिशत बोनस शेयर बापत २० लाख ५१ हजार ९३६.९३२ कित्ता शेयर सूचीकृत भएको छ।
त्यसैगरी गत मंगलबार समता घरेलु लघुवित्तको ५ प्रतिशत बोनस शेयर बापत ३ लाख १४ हजार ५२५.७८२३ कित्ता शेयर, सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस शेयर बापत १७ लाख ७८ हजार १२७.८६ कित्ता शेयर, प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस बापत १ करोड ५५ लाख २२ हजार ६०.५७ कित्ता शेयर, महुली लघुवित्तको ४.७५ प्रतिशत बोनस बापत १ लाख ७५ हजार ७१३.६६ कित्ता शेयर, महालक्ष्मी विकास बैंकको ५ प्रतिशत बोनस बापत २१ लाख ४८ हजार २२९.०७९० कित्ता र अरुण भ्याली हाइड्रोपावरको ५ प्रतिशत बोनस बापत १९ लाख २४ हजार १ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।











