एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा तीन जना पक्राउ

२० चैत्र २०८२, शुक्रबार १७:५३

काठमाडौं । एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा रौतहटबाट तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–७ का १८ वर्षीय चन्दन पटेल, रौतहटकै वृन्दावन नगरपालिका–७ का २० वर्षीय रोहितकुमार पटेल र सर्लाहीको बलरा नगरपालिका–८ का १८ वर्षीय धीरज साह छन् ।

उनीहरूले आजको परीक्षामा प्रश्नपत्र आउट गरी चिट चोराएको आरोप छ । उनीहरूमाथि इलाका प्रहरी कार्यालय गरुडाबाट अनुसन्धान अघि बढाइएको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*