यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
२२ चैत्र २०८२, आईतवार ०६:४८

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज चैत २२ गते एक अमेरिकी डलरको खरीदमूल्य १४८.६७ रुपैयाँ र बिक्रीमूल्य १४९.२७ रुपैयाँ कायम भएको छ।
त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर १०२.७१ रुपैयाँ र बिक्रीदर १०३.१२ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ र १०० दक्षिण कोरियन वोनको खरीददर ९.८५ रुपैयाँ र बिक्रीदर ९.८९ रुपैयाँ तोकिएको छ।












