विवादास्पद व्यापारी सुलभ अग्रवाल पक्राउ

२२ चैत्र २०८२, आईतवार ०८:४४

काठमाडौं । प्रहरीले विवादास्पद व्यापारी सुलभ अग्रवालाई पक्राउ गरेको छ। यसअघि नै पक्राउ परिसकेका अर्का विवादास्पद व्यापारी दीपक भट्टका व्यावसायिक साझेदार तथा जगदम्बा स्टील्सका मालिक सुलभ अग्रवालाई भैरहवाबाट प्रहरीले पक्राउ गरेको हो।

व्यापारी दीपक भट्टसँग आवद्ध शंकर समूहका अध्यक्ष शंकर अग्रवाललाई प्रहरीले शुक्रबार नै पक्राउ गरिसकेको छ। सोही समूहका सुलभ अग्रवाललाई पनि प्रहरीले पक्राउ गरेको हो। सुलभ अग्रवाल शंकर अग्रवालका छोरा हुन्।

उनलाई प्रहरले सम्पत्ति शुद्धीकरणको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको हो। सुलभ अग्रवालले दीपक भट्टसँगै मिलेर गैरकानूनी रूपमा आर्थिक कारोबार गरेको आरोपमा पक्राउ गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*