प्रारम्भिकमा पुँजी बजारमा भारी गिरावट, त्रसित लगानीकर्ता

२२ चैत्र २०८२, आईतवार ११:११

काठमाडौँ । शेयर बजार राताम्य भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार खुलेसँगै नेप्से सूचकमा पहिरो गएको हो । पछिल्ला केही दिनयता विकसित घटनाक्रमले बजारको मनोविज्ञानलाई गम्भीर रूपमा प्रभावित पारेको देखिन्छ।

विशेषगरी ठूला व्यवसायिक घरानामाथि अनुसन्धान र पक्राउको श्रृङ्खला सुरु भएपछि बजारमा नकारात्मक सन्देश गएको विश्लेषकहरू बताउँछन्। गत शुक्रबार शंकर ग्रुपका प्रमुख व्यक्तिहरूलाई केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएपछि बजारमा झन् अस्थिरता बढेको हो। त्यससँगै अन्य व्यवसायीहरू पनि अनुसन्धानको दायरामा पर्ने सम्भावना रहेको चर्चा चलिरहेकाले लगानीकर्तामा अनिश्चितता चुलिएको छ।

ठूला लगानीकर्ताहरूले जोखिम न्यूनीकरण गर्न धमाधम शेयर बिक्री गर्दै एक्जिट रणनीति अपनाउन थालेका छन्। जसले गर्दा बजारमा बिक्री चाप अत्यधिक बढेको छ भने खरिदकर्ता तुलनात्मक रूपमा कमजोर देखिएका छन्। परिणामस्वरूप अधिकांश कम्पनीहरूको शेयर मूल्य घट्दै बजार समग्रमा राताम्य भएको छ।

यो समाचार तयार पर्दासम्म (११ः०९ बजे) बजार ५७.६४ अकंले घटेर २७२४.५४ बिन्दुमा कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*