महिला समूहसँग बीमा प्राधिकरणद्वारा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम

२२ चैत्र २०८२, आईतवार ११:२४

काठमाडौँ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय को आयोजनामा विराटनगरका स्थानीय महिला समूहसँग शनिवार बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । महिलाहरूमा बीमाको आवश्यकता र महत्वबारे जनचेतना अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख प्र्रिती देवले जीवन बीमा, स्वास्थ्य बीमा, कृषि बीमा लगायतका बीमाका प्रकारहरूबारे जानकारी गराए। उनले विपद्, दुर्घटना तथा आकस्मिक आर्थिक जोखिमबाट जोगिन बीमा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै बीमाको महत्व प्रक्रिया र दावी प्रक्रियाका विषयमा उपस्थित महिलाहरुलाई जानकारी दिए ।

अन्तरक्रिया सत्रमा सहभागी महिलाहरूले बीमा सम्बन्धी बीमा पछी रोग लाग्यो भने पाउने सुविधा , बीमा गर्नुपर्ने व्यक्ति रोगी छ भने बीमा हुन्छ कि हुँदैन, पि आई डि को सुविधा कसरीले र समुहमा बीमा कुन कुन गर्न सकिन्छ लगायतको विषयमाआफ्ना जिज्ञासा राखेका थिए ।

सो कार्यक्रममा विशेषगरी ग्रामीण क्षेत्रमा बीमा सेवाको पहुँच, प्रक्रिया तथा विश्वासको विषयमा प्रश्नहरू उठाइएको थियो । प्राधिकरणकी कोशी प्रदेश प्रमुख प्रिती देवले सहभागीबाट आएको जिज्ञासाको जवाफ दिँदै बीमा प्रक्रियालाई सहज र पहुँचयोग्य बनाउने प्रयास भइरहेको जानकारी गराए । उनले विपद् तथा स्वास्थ्य समस्याका समयमा बीमाले आर्थिक सहारा दिने गरेको बताउर्दैँ हामीले आर्जन गरेको केही बचतबाट बीमा गर्न आवश्यक रहेको औल्याए । उनले महिला समूहहरूलाई समूहगत रूपमा बीमा योजना अपनाउन र समुदायस्तरमा सचेतना फैलाउन आग्रह समेत आग्रह गरिएको थियो । कार्यक्रममा विभिन्न ४ बटा भर्जन समुहका करिव ६० जना महिलाहरुको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*