डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

२२ चैत्र २०८२, आईतवार १२:२५

काठमाडौँ। रास्वपाका सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा सर्वसम्मत निर्वाचित भएका छन्। आजको प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सर्वसम्मत रुपमा सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् ।

सभामुखमा अर्यालको एकमात्र उम्मेवारी परेको थियो । बैठक सुरु हुनासाथ जेष्ठ सदस्य केसीले अर्यालका प्रस्तावक रवि लामिछानेलाई बोल्न समय दिएका थिए।

लामिछानेले डोलप्रसाद अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरे। लामिछानले अर्याललाई सर्वसम्मत गर्न अन्य राजनीतिक दलबाट सहयोग भएको भन्दै धन्यवाद दिए। त्यसपछि अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतम, भौतिक पूर्वाधार मन्त्री सुनील लम्सालसहितले लामिछानेको प्रस्तावको समर्थन गरे।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*