प्राइम बैंकका सात शाखा कार्यालय बन्द हुने
२२ चैत्र २०८२, आईतवार १३:१४

काठमाडौँ। प्राइम बैंकले भरतपुर, काठमाडौं र पोखरा महानगरपालिकाभित्रका सात शाखा कार्यालय बन्द गरेको छ । बैंकले २०८३ जेठ १९ गतेदेखि नजिकका शाखा मर्ज गरी सात शाखा बन्द गर्ने लागेको हो ।
बैंकका अनुसार भरतपुर महानगरको हाकिमचोक शाखा मर्जरपश्चात् भरतपुर शाखाबाट सेवा उपलब्ध हुनेछ। काठमाडौं महानगरको सुनधारा शाखा मर्जरपश्चात् न्यूरोड शाखा, बाङ्गेमुढा शाखा मर्जरपश्चात् असन शाखा र गौशाला शाखा मर्जरपश्चात् पुरानोबानेश्वर शाखाबाट बैंकिङ सेवा सुरु हुनेछ।
पोखरा महानगरपालिकामा भने बि पी चोक शाखा मर्जरपश्चात् न्युरोड पोखरा, बगर शाखा मर्जरपश्चात् न्यूरोड पोखरा र बुडीबजार शाखा मर्जरपश्चात् तालचोक शाखाबाट बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ।











