शंकर ग्रुपका अध्यक्ष अग्रवाल हाजिरी जमानीमा रिहा
२२ चैत्र २०८२, आईतवार १७:०५

काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई हाजिरी जमानीमा रिहा गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई आवश्यक परेका बेला उपस्थित हुने सर्तमा आइतबार छाडेको जनाएको हो।
यही प्रकरणमा उनका छोरा तथा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल भने हाल विभागको नियन्त्रणमै रहेका छन्। उनलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न अदालतसँग १० दिनको म्याद मागिएको विभागले जानकारी दिएको छ।











