कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिनेको ओइरो, पहिलो दिनमा नै १३ गुणा बढी आवेदन

२२ चैत्र २०८२, आईतवार १८:४०

काठमाडौँ । पहिलो दिनमा नै कालिन्चोक हाइड्रोपावरको आईपीओमा मागभन्दा बढीको आवेदन परेको छ। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज साझसम्ममा ७ लाख ७६ हजार ८९४ जनाले ९१ करोड ४४ लाख ८ हजार रुपैयाँ बराबरको ९१ लाख ४४ हजार ८० कित्ताका लागि आवेदन दिएका हुन् । जुन यो मागभन्दा १३ गुणा बढी आवेदन हो ।

कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ६ लाख ८४ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो । आइपीओमा आवेदन दिदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ । आवेदन दिने अन्तिम मिति चैत २५ गते रहेको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*