बैंक तथा वित्तीय संस्थालाई दुई दिन बिदा गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नियामक नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई दुई दिन विदा दिने सरकारी निर्णय कार्यान्वयन गराउन पत्राचार गरेका छन् ।
गभर्नर डा. विश्व पौडेलले चैत्र २२ गतेको निर्णयका आधारमा हिजै राति केन्द्रीय बैंकले पत्राचार गर्दै सबै क, ख, ग, र घ बर्गका बैंक तथा वित्तीय संस्था, नेपाल क्लीयरिङ हाउस, नेपाल पूर्वाधार बैंक समेतलाई उक्त निर्देशन कार्यान्वयन गर्न भनिएको छ ।
हाल सरकारले लागू गरेकै आधारमा सोमबारदेखि शुक्रबारसम्म ९ः०० देखि ५ः०० बजेसम्म कार्यालय खोल्नुपर्ने नियम सबै बैंक तथा वित्तीय संस्थामा लागू गर्ने निर्णय गरिएको छ ।

सरकारले हिजोदेखि सबै सरकारी कार्यालय र विद्यालय समेत सातामा दुई दिन विदा दिने निर्णय गरेको थियो । सोही व्यवस्था बैंक तथा वित्तीय संस्थामा समेत लागू गरिएको हो ।
नयाँ व्यवस्थासँगै बैंक तथा वित्तीय संस्था बन्द गर्दा आर्थिक गतिविधिमा संकुचन आउन सक्नेतर्फ सरकारको ध्यान दिन नसकेको देखिएको छ । दुई विदा बैंक तथा वित्तीय संस्थामा विदा दिने सम्बन्धमा निजि क्षेत्रको प्रतिक्रिया आउन बाँकी छ ।











