याम्बालिङ हाइड्रोपावरको आईपीओमा अत्यधिक आवेदन, आजै बिक्री बन्द हुने

२३ चैत्र २०८२, सोमबार ०८:०३

काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा मागभन्दा बढी आवेदन परेपछि आजैदेखि आवेदन लिने कार्य बन्द गरिने जनाएको छ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ का स्थानीय बासिन्दाका लागि छुट्याइएको साधारण शेयरमा आवेदन नपरेपछि वैशाख ७ गतेसम्म अवधि थप गरिएको थियो। तर अवधि थप गरेको एकै दिनमा मागभन्दा धेरै आवेदन परेपछि आजै चैत २३ गते बैंकिङ समयपछि उक्त शेयरका लागि आवेदन लिने कार्य बन्द गरिने कम्पनीले जनाएको छ।

याम्बालिङ हाइड्रोपावरले आफ्नो ७० करोड रुपैयाँ जारी पूँजीको १० प्रतिशत बराबर अर्थात् ७ करोड रुपैयाँ बराबरको साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको थियो। यसअन्तर्गत कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ७ लाख कित्ता साधारण शेयर स्थानीयका लागि छुट्याएको हो।

यो शेयर चैत ८ गतेदेखि निष्काशन तथा बिक्रीका लागि खुला गरिएको थियो। स्थानीय बासिन्दाका लागि यस शेयरमा न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्ता सम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*