लाभांश पारित गर्न युनाइटेड मोदी हाइड्रोपावरले बोलायो साधारणसभा

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले वैशाख २७ गते आइतबार काठमाडौंको कालीमाटीस्थित कालीमाटी ब्याङ्क्वेटमा बिहान ११ बजे १२औं वार्षिक साधारणसभा बोलाएको छ।
उक्त साधारणसभाले कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको ७ प्रतिशत बोनस शेयर र ०.३६८४२ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसका साथै कम्पनीको नाम परिवर्तन गर्ने, हकप्रद शेयर निष्काशनका लागि र आवश्यकता अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत वित्तीय अनुसूचीहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गर्नेछ।
कम्पनीको सञ्चालक समितिमा २ जना सञ्चालकको निर्वाचन गर्ने र अन्य लगानी योग्य क्षेत्र पहिचान गरी लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ४ गते बूक क्लोज गर्ने निर्णय गरेको छ।











