अर्थमन्त्री डा. वाग्ले र स्टक ब्रोकर्स एशोसिएसनबीच भेटघाट, के भयो छलफल ?

२३ चैत्र २०८२, सोमबार १०:३९

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल स्टक ब्रोकर्स एशोसिएसनबीच सोमबार अर्थ मन्त्रालयमा भेटघाट भएको छ। बिहान ९ः४५ बजे सुरु भएको भेटघाट १०ः१५ बजे सकिएको हो।

पछिल्लो समय शेयर बजार निरन्तर ओरालो लागिरहेको सन्दर्भमा भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको, कारोबार घट्दै गएको तथा बजारमा अनिश्चितता बढ्दै गएको अवस्थामा ब्रोकर्सहरूले अर्थमन्त्रीसँग प्रत्यक्ष संवाद गरेका हुन्।

भेटमा बजार सुधारका सम्भावित उपाय, नीतिगत स्पष्टता, तथा लगानीमैत्री वातावरण निर्माणका विषयमा छलफल भएको स्रोतले जनाएको छ। विशेषगरी शेयर बजारमा देखिएको गिरावट, लगानीकर्ताको विश्वास घट्नुका कारणहरू तथा त्यसको समाधानका उपायहरूबारे ब्रोकर्सहरूले आफ्ना धारणा राखेका थिए।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि बजारको पछिल्लो अवस्थाबारे चासो हेरी रहेको बताएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*