प्रतिनिधि सभामा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

२३ चैत्र २०८२, सोमबार १४:४६

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेका छन्। सोमबारको बैठकमा सभामुख अर्यालले समितिका सदस्यहरूको नाम सार्वजनिक गर्दै जानकारी दिएका हुन्।

सभामुख अर्यालले समितिमा अचुतम लामिछाने, अप्साना बानु, आरएन राई, केपी खनाल र कामिनी चौधरी रहेका बताए। त्यस्तै, क्रान्तिशिखा धिताल, खुस्बु ओली, गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गंगालक्ष्मी अवाल र तपेश्वर यादव पनि समितिमा समावेश गरिएको छ।

समितिमा थप देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार, निशा डाँगी, बोधनारायण श्रेष्ठ, मिनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा. राम लामा र विपिनकुमार आचार्य रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*