स्काईलाइन इन्फ्राले प्रिमियममा आईपीओ निष्काशन गर्ने
२४ चैत्र २०८२, मंगलवार ०९:३६

काठमाडौं । स्काईलाइन इन्फ्रा लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न वैशाख ११ गते शुक्रबार विशेष साधारणसभा बोलाएको छ।
विशेष साधारणसभा वीरगंजको आदर्शनगरस्थित होटल सरोबरमा अपरान्ह ५ बजेदेखि शुरू हुनेछ। कम्पनीको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।
उक्त विशेष साधारणसभामा प्रबन्धपत्रमा तोके बमोजिम २० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्ने, सर्वसाधारणलाई शेयर निष्काशन गर्न र सो सम्बन्धी अन्य कार्य गर्न र प्रिमियम मूल्यमा शेयर जारी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।











