नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक किरण पौडेलले दिए राजीनामा
२४ चैत्र २०८२, मंगलवार ०९:४८

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक किरण पौडेलले सञ्चालक पदबाट राजीनामा दिएका छन्।
उनले चैत २० गते व्यक्तिगत तथा व्यावसायिक कार्यव्यस्तताका कारण सञ्चालक पदको जिम्मेवारीमा अपेक्षित समय र समर्पण प्रदान गर्न असमर्थ भएको कारण उल्लेख गर्दै राजीनामा पत्र बुझाएका थिए।
कम्पनीको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक किरण पौडेलले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।











