सरकारले राष्ट्र बैंकका लागि दुई डेपुटी गभर्नर चुन्दै, कस्को सम्भावना बलियो ?

२४ चैत्र २०८२, मंगलवार १२:३४

काठमाडौं । सरकारले आजै राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर नियुक्त गर्ने भएको छ । सो सम्बन्धी निर्णय गर्न आज प्रधानमन्त्री बालेन्द्र शाहले दिउँसो बैठक डाकेको छ।

राष्ट्र बैंकका १८ कार्यकारी निर्देशकहरूमा नरेश शाक्य, रेवती नेपाल, रामु पौडेल, विश्रुत थापा, दयाराम शर्मा, गुरुप्रसाद पौडेल, किरण पण्डित, डा। सत्येन्द्र तिमल्सिना तथा चेतप्रसाद उप्रेती छन् । त्यस्तै, रोशनकुमार सिग्देल, डा। रामशरण खरेल, डा. डिल्लीराम पोखरेल, दीर्घबहादुर रावल, निश्चल अधिकारी, अनुज दाहाल, दीपकराज लामिछाने, राजनविक्रम थापा र राजेन्द्र भट्टराई कार्यकारी निर्देशकको रुपमा रहेका छन् ।

उनीहरूमध्ये सत्येन्द्र तिमल्सिना, रामशरण खरेल, डिल्लीराम पोखरेल, रोशन सिग्देल लगायतलाई मौद्रिक तथा आर्थिक क्षेत्रका जानकार मानिन्छ । बाँकी कार्यकारी बाँकी कार्यकारी निर्देशकहरु भने वित्तीय क्षेत्र व्यवस्थापनका विज्ञ मानिन्छन् ।

फरक क्षेत्रलाई प्रतिनिधित्व गर्नुपर्ने माग भए पनि क्षमताको हिसाबले भने सबैजना डेपुटी गभर्नरका लागि योग्य रहेको चर्चा राष्ट्र बैंकभित्र हुने गरेको छ ।

यद्यपि को–को सिफारिस होला र को को नियुक्ति होला भन्नसक्ने अवस्था भने देखिँदैन । सिनियारिटीको हिसाबले जाने हो भने नरेश शाक्य र रेवती नेपाल अगाडि छन् । उनीहरु विशिष्ठताको हिसाबले आफू नियुक्त हुनसक्ने आशमा छन् । रामशरण खरेल, दीपक लामिछाने, किरण पण्डित, रामु पौडेल, गुरु पौडेल लगायतले पनि आफ्नो हिसाबले सक्रियता बढाइरहेको चर्चा छ ।

डिल्लीराम पोखरेल, अनुज दाहाल, दीर्घ रावल, विश्रुत थापा लगायतहरु भने खासै लबिङमा नभएको बताइन्छ । यद्यपि अघिल्लो सरकार हुँदा राजनीतिक रुपमा कतैतिर नखुलेका उनीहरु समेत अहिलेको सरकारको रोजाइमा पर्ने सम्भावनालाई नकार्न भने सकिँदैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*